काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा भएको तीव्र वृद्धिका कारण ढुवानी खर्च बढ्दा जार तथा बोतलको पानीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल पानी उद्योग महासंघले शनिबार जारी गरेको विज्ञप्ति अनुसार पानी उत्पादनमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार तथा जारको क्याप लगायत कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको जनाएको छ।
महासंघले प्रशोधित पिउने पानी उत्पादनको समग्र लागतमा उच्च वृद्धि भएको उल्लेख गर्दै सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, कच्चा पदार्थको मूल्यवृद्धि तथा इन्धन खर्च बढ्दा उत्पादन र वितरण लागत बढेको महासंघको भनाइ छ।
यस मूल्यवृद्धिको असर उपभोक्तामा पर्ने देखिएको छ भने उद्योगीहरूले दीर्घकालीन रूपमा लागत नियन्त्रणका उपाय आवश्यक रहेको बताएका छन्।





.gif)





