images

२०८३ आश्विन १६ गते

images
images
images

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट

images
images
बुधवार, बैशाख २ २०८३
बुधवार, बैशाख २ २०८३
  • काठमाडौँ । हिमालयन जाभा कफीबीचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि सुरु भएको विशेष अफरअन्तर्गत एनसेल ग्राहकले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने भएका छन् ।४९९ रुपियाँ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकहरूले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्ने छन् । त्यति मात्रै होइन तेस्रो कप कफी खरिदमा उनीहरूले ३० प्रतिशत छुट प्राप्त गर्ने छन् ।त्यसै गरी २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकले ९९ रुपियाँ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । यसबाहेक रुपियाँ ९९ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    यो छुट अफरबारे आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, “सम्बन्धलाई राम्रा अनुभवका साथ झन् प्रगाढ बनाउनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं । हिमालयन जाभा कफीसँगको यो साझेदारीमार्फत हामीले हाम्रा ग्राहकलाई व्यस्त दैनिकीबाट केही समय निकाल्न, एक अर्कासँग जोडिन अनि जीवनका साना–साना खुसी साट्न थप कारण दिइरहेका छौं । यो अफरले कफीको हरेक कपलाई अझ अर्थपूर्ण बनाँउछ ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend