images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा...

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश

images
images
बुधवार, बैशाख २ २०८३
बुधवार, बैशाख २ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंक ले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले “Tuesday FinLit” अभियान अन्तर्गत नयाँ सन्देश सार्वजनिक गरेको छ।

    images
    images

    बैंकले जारी गरेको सन्देशमा व्यक्तिगत वित्त व्यवस्थापनमा सचेत रहन सबैलाई आग्रह गरिएको छ। आम नागरिकलाई आम्दानी अनुसार खर्च गर्ने, बचत गर्ने बानी बसाल्ने तथा आवश्यकताअनुसार मात्र ऋण लिन सुझाव दिइएको छ।

    साथै, डिजिटल बैंकिङ प्रयोग गर्दा सुरक्षित पासवर्ड प्रयोग गर्ने, OTP तथा गोप्य विवरण कसैसँग पनि साझा नगर्ने र शंकास्पद लिंक तथा कलबाट सतर्क रहन अनुरोध गरिएको छ।

    images
    images

    बैंकले वित्तीय धोखाधडीबाट बच्न आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र कुनै समस्या परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा तुरुन्त सम्पर्क गर्न पनि आग्रह गरेको छ।

    यस अभियान मार्फत वित्तीय अनुशासन र सुरक्षित कारोबार संस्कृतिको विकास गर्ने लक्ष्य राखिएको नेपाल राष्ट्र बैंक ले जनाएको छ।

    May be a doodle of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend