images

२०८३ आश्विन १६ गते

images
images
images

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

images
images
शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • घोराही (दाङ), २८ चैत । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ । 

    images
    images

    आज सम्पन्न फाइनल खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले उपाधि हात पारेको हो । रुपन्देहीले पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा ३०–२८ अङ्कले पाल्पालाई पराजित गरेको हो । उपाधिसँगै विजेता रुपन्देहीले नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता पाल्पाले नगद ६५ हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । 

    प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दियाले चौथो स्थान प्राप्त गरेका छन् । तेस्रो स्थान प्राप्त रुकुम पूर्वले नगद ३५ हजार र चौथो स्थान प्राप्त बर्दियाले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend