images

२०८३ कार्तिक ५ गते

images
images
images

प्रिसेसनमा एकल अंकले बढ्यो नेप्से,

प्रिसेसनमा एकल अंकले बढ्यो नेप्से,

images
images
बिहिवार, कार्तिक १ २०८१
बिहिवार, कार्तिक १ २०८१
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ। बिहीबार ४.८० अंकले बढ्दै नेप्से २७४७.६९ को बिन्दुमा उक्लिएको छ ।
    सूचकसँगै प्रिसेसनमा कारोबार रकम उत्साहपूर्णरुपमा बढेको छ । ४६ हजार ६२८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड ६० लाख ७८ हजार रुपैयाँको भयो ।
    कारोबार रकमका आधारमा निफ्रा, गुडविल फाइनान्स, सवोत्तम सिमेन्ट, नेपाल फाइनान्सलगायत शीर्ष स्थानमा रहे ।

    images
    images

    कारोबारमा आएका ३७ कम्पनीमध्ये २२ को मूल्य बढ्यो भने १३ को मूल्य घट्यो । २ कम्पनीको भने स्थिर रह्यो ।

    यसअघि साताको दोस्रो कारोबार दिन (बुधबार) पनि सेयर बजार परिसूचक उच्च अंकले बढेको थियो । ४३.२२ अंकले बढ्दै नेप्से २७४२.८८ को बिन्दुमा उक्लिएको थियो ।

    images
    images

    बुधबार सूचकसँगै कारोबार रकम पनि बढेको थियो । सरदर केही कारोबार दिनयता ३ अर्बमा सीमित कारोबार साढे पाँच अर्बमाथिको भएको थियो ।

    बुधबारको कारोबारले नेप्सेमा उत्साहपूर्ण यात्राको सूरुवात भइरहेको संकेत गरेको थियो । जसको निरन्तरता आजको कारोबार पनि हुने अपेक्षा बजारका जानकारहरुको छ । जसको संकेत प्रिओपन सेसनले पनि देखाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend