images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा...

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

images
images
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • त्रिशूली (नुवाकोट), २७ चैत । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एक जनालाई अदालतमा मुद्दा दायर गरेको छ ।
     
    राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण तामाङलाई मुद्दा दायर गरिएको डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिनुभयो ।

    images
    images

    उहाँका अनुसार सोही स्थानको चण्डेश्वरी सामुदायिक वनमा तामाङले आगो लगाइरहेको भिडियोसहित प्राप्त प्रमाणका आधारमा पक्राउपश्चात गरिएको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो । तामाङलाई वन ऐन, २०७६ को दफा ४९ ९घ० अनुसारको कसुर गरेको दाबी गर्दै सोही ऐनको दफा ५० को उपदफा ९४० बमोजिम तीन वर्षसम्म कैद र रु ६० हजार जरिवाना हुनुपर्ने नुवाकोट जिल्ला अदालतमा दायर गरेको मुद्दामा मागदाबी गरिएको छ ।

    अहिलेको सुक्खायामको समयमा वन क्षेत्रमा डढेलोको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन अपिल गर्दै कोही कसैले पनि वन क्षेत्रमा आगो लगाउने कार्य नगर्न तथा नगराउन वन कार्यालयले अनुरोध गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend