images

२०८३ आश्विन २६ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?

images
images
बुधवार, आश्विन ३० २०८१
बुधवार, आश्विन ३० २०८१
  • काठमाडौं–बुधबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको होे ।

    images
    images

    हिजो १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ कायम भइ उच्चतम मूल्यमा पुगेको थियो ।

    images
    images

    त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० कायम भएको छ । असोज २० गते चाँदी १९८५ रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend