images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • युद्धविरामले विश्व बजारमा उत्साह- कच्चा तेलको...

युद्धविरामले विश्व बजारमा उत्साह- कच्चा तेलको मूल्यमा भारी गिरावट

युद्धविरामले विश्व बजारमा उत्साह- कच्चा तेलको मूल्यमा भारी गिरावट

images
images
बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • एजेन्सी । अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति भएसँगै विश्व अर्थतन्त्रमा राहतको संकेत देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने अन्तर्राष्ट्रिय सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको सीएनएनले जनाएको छ । युद्धविरामसँगै विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने 'स्ट्रेट अफ होर्मुज' जलमार्ग पुनः सुचारु हुने आशामा तेलको मूल्यमा गिरावट आएको हो । अमेरिकी कच्चा तेलको मूल्य १५ प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल ९५ डलर भन्दा तल पुगेको छ। युद्ध सुरु हुनुअघि  फेब्रुअरी २७ मा यसको मूल्य ६७.०२ डलर थियो। अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य पनि १२.८८ प्रतिशतले घटेर प्रति ब्यारेल ९५.१२ डलर कायम भएको छ।

    images
    images

    विश्लेषकहरूका अनुसार मध्यपूर्वमा जारी तनावले दैनिक १२ देखि १५ मिलियन ब्यारेल तेल आपूर्तिमा अवरोध पुर्‍याइरहेको थियो, जुन अहिले केही सहज हुने अपेक्षा गरिएको छ। युद्धको छायाँ हट्न थालेसँगै लगानीकर्ताहरू उत्साहित देखिएका छन्, जसले गर्दा प्रमुख स्टक मार्केटहरूमा ठूलो उछाल आएको छ । अमेरिकी बजार  'डाउ फ्युचर्स' ९०० अंक (करिब २%) ले बढेको छ। यस्तै, 'एस एण्ड पी ५००' मा २.१% र प्रविधि क्षेत्रको 'नास्ड्याक'मा २.५% को बढोत्तरी देखिएको छ। यस्तै एसियाली बजारमा जापानको निक्केई २२५ मा ४.९%, दक्षिण कोरियाको कोस्पी मा ५.७% र हङकङको ह्याङ सेङ इन्डेक्समा २.८% को वृद्धि  भएको छ। बजारले सकारात्मक प्रतिक्रिया दिए पनि ऊर्जा विज्ञहरूले भने केही आशंका व्यक्त गरेका छन्। 'र्‍यापिडान इनर्जी ग्रुप'का अध्यक्ष बब म्याकनालीका अनुसार स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा खुल्छ कि खुल्दैन भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।

    अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको १० बुँदे प्रस्तावलाई वार्ताको आधार माने पनि इरानी पक्षले यो युद्धविराम अस्थायी मात्र भएको र आफ्ना सेनाहरू अझै 'अलर्ट' अवस्थामा रहेको बताएको छ। इरानको सुरक्षा परिषद्ले होर्मुज जलमार्गको नियमन आफ्नो सेनाले गर्ने दाबी समेत गरेको छ, जसले गर्दा दीर्घकालीन आपूर्ति व्यवस्थाबारे अझै केही अन्योल कायमै छ।यद्यपी, हालका लागि युद्धको तत्कालिन जोखिम टर्दा विश्वभरका लगानीकर्ता र उपभोक्ताले ठूलो राहत महसुस गरेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend