images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • ट्रम्पको अल्टिमेटम सकिँदै गर्दा बढ्यो तेलको...

ट्रम्पको अल्टिमेटम सकिँदै गर्दा बढ्यो तेलको मूल्य

ट्रम्पको अल्टिमेटम सकिँदै गर्दा बढ्यो तेलको मूल्य

images
images
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौँ । विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज खुलाउन इरानलाई दिएको अल्टिमेटमको म्याद सकिँदै गर्दा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य बढेको हो ।लन्डनको आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ दशमलव ३३ प्रतिशतले बढेर ११२ दर ६३ सेन्टमा उक्लिएको छ । उता न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि शून्य दशमलव २ प्रतिशतले बढ्दै प्रतिब्यारेल ११२ डलर ७० सेन्टमा कारोबार भइरहेको छ ।

    images
    images

    ट्रम्पले आइतबार मंगलबार राती ८ बजे अघि स्टेट अफ हर्मुज पुनः खोलिएको नदेखिए इरानी ऊर्जा संयन्त्र र पुलहरू नष्ट गर्ने धम्की दिएका थिए । ट्रम्पको यस चेतावनी यस अघि देखिएका सङ्केतभन्दा फरक छ । यसअघि भने उनी स्ट्रेट नखुलाइकन पनि युद्ध समाप्त गर्ने इच्छुक देखिएका थिए । तर इरान भने अझै प्रतिरोधी छ । एक इरानी मन्त्रीले युवाहरूलाई ऊर्जा संयन्त्रमा मानव शृङ्खला बनाउन प्रेरित गरेका छन् । यसैबिच, पाकिस्तानले अमेरिका र इरानबिच सम्झौता वार्तामा मध्यस्थता गर्ने प्रयास गरिरहेको छ । यस मामिलामा खाडी क्षेत्रका अन्य नेताहरूसँग भेटघाट समेत भइरहेको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend