images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • पहिलो पटक अफशोर तेल उत्खननको तयारीमा...

पहिलो पटक अफशोर तेल उत्खननको तयारीमा सोमालिया

पहिलो पटक अफशोर तेल उत्खननको तयारीमा सोमालिया

images
images
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • मोगादिसु । सोमालियाले आफ्नो इतिहासमै पहिलो पटक अफशोर तेल उत्खनन सुरु गर्ने तयारी गरेको छ । टर्की सरकारको स्वामित्वमा रहेको ड्रिलिङ जहाज यही शुक्रबार सोमालियाको तट नजिक पुग्ने अपेक्षा गरिएको छ । यो कदम गत वर्ष टर्कीको अनुसन्धान जहाजले सफलतापूर्वक गरेको सिस्मिक सर्वेक्षणपछि अगाडि बढाइएको हो, जसले समुद्रभित्रको हाइड्रोकार्बन सम्भावना पहिचान गरेको थियो ।सोमालियाका पेट्रोलियम मन्त्री दाहिर शायरले सामाजिक सञ्जालमा यसलाई अफशोर ऊर्जा यात्राको ऐतिहासिक उपलब्धि भन्दै नयाँ अध्यायको सुरुवात बताएका छन् । टर्कीको टर्किस पेट्रोलियम कर्पोरेशनको ड्रिलिङ जहाज काग्री बे पहिलो अन्तर्राष्ट्रिय मिशनमा अरब सागर हुँदै सोमालियाको समुद्री क्षेत्रमा प्रवेश गर्नेछ । उक्त जहाजले गहिरो समुद्रमा हालै पहिचान गरिएका सम्भावित क्षेत्रमा ड्रिलिङ गर्नेछ ।

    images
    images

    उत्खनन सफल भएमा यसले सोमालियाको अफशोर तेल भण्डार उपयोगमा ल्याउने र देशको आर्थिक पुनरुत्थानमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । सरकारले यसबाट प्राप्त लाभले जनताको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ । टर्की र सोमालियाबिच २०२४ मा उत्पादन साझेदारी सम्झौता भएको थियो, जसले ऊर्जा क्षेत्रमा सहकार्यलाई संस्थागत बनाएको छ ।सोमालियाका विदेश मन्त्री यो परियोजनाले टर्कीलाई दीर्घकालीन विश्वसनीय साझेदारका रूपमा अझ मजबुत बनाउने अली ओमारले बताएका छन् । त्यस्तै, टर्कीका ऊर्जा मन्त्री अल्पार्सलान बायराक्तारले सम्भावित तेल वा ग्यासको खोजले सोमालिया, पूर्वी अफ्रिका र टर्की तीनैका लागि ठुलो आर्थिक लाभ ल्याउने बताएका छन् । टर्कीले पछिल्लो एक दशकदेखि सोमालियासँगको सम्बन्ध गहिरो बनाउँदै आएको छ र त्यहाँ विकास तथा सुरक्षा क्षेत्रमा लगानीसमेत बढाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend