images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • ३१.४८ अङ्कले बढ्यो शेयर बजार, ३...

३१.४८ अङ्कले बढ्यो शेयर बजार, ३ अर्ब भन्दा बढिको कारोबार

३१.४८ अङ्कले बढ्यो शेयर बजार, ३ अर्ब भन्दा बढिको कारोबार

images
images
मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • काठमाडौँः दशैं पछिको पहिलो कारोबार दिन शेयर बजार ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा कायम भएको छ । यस दिन नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा १२ उपसूचक हरियाली भएको छ । यस दिन बजारमा बढोत्तरी आउँदा जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी,  मल्टिप्रपोज फाइनान्सको ९.३२ प्रतिशत, सम्वृद्धि फाइनान्सको ६.८४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    images
    images

    शेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

    सर्वाधिक कारोबार हुने कम्पनी यस दिन सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १८ करोड ५ लाख १ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको ११ करोड २३ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

    images
    images

    त्यस्तै यस दिन  हिमालयन रिइन्स्योरेन्सको १० करोड ९३ लाख ७३ हजार रुपैयाँ, सिइडिबी हाइड्रोपावरको १० करोड २ लाख ६४ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड ४१ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend