images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • मलेसियाली ट्याङ्करलाई स्ट्रेट अफ होर्मुज भएर...

मलेसियाली ट्याङ्करलाई स्ट्रेट अफ होर्मुज भएर जाने अनुमति

मलेसियाली ट्याङ्करलाई स्ट्रेट अफ होर्मुज भएर जाने अनुमति

images
images
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • क्वालालम्पुर । स्ट्रेट अफ होर्मुजमा अड्किएर बसेका आफ्ना सातवटा व्यावसायिक जहाजमध्ये एकलाई सुरक्षित रूपमा पारवाहनको अनुमति दिइएको मलेसियाले पुष्टि गरेको छ । मलेसियाको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार उक्त जहाज अहिले आफ्नो अन्तिम गन्तव्यतर्फ अघि बढिरहेको छ ।

    images
    images

    उच्चस्तरीय कूटनीतिक पहलपछि यो सकारात्मक परिणामसम्भव भएको मन्त्रालयले जनाएको छ । यस क्रममा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबिच गत महिना टेलिफोन संवाद भएको उल्लेख गरिएको छ । यद्यपि, मन्त्रालयले जहाजको नाम, त्यसले बोकेको सामान वा अन्तिम गन्तव्यबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।उता, क्वालालम्पुरस्थित इरानी दूतावासले सोमबार सामाजिक सञ्जालमार्फत पहिलो मलेसियाली जहाजले स्ट्रेट अफ होर्मुज पार गरिसकेको जनाएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend