images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • अमेरिका र इरानबीच युद्धविरामका लागि नयाँ...

अमेरिका र इरानबीच युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारियो, मध्यस्थकर्ताको भूमिकामा पाकिस्तान

अमेरिका र इरानबीच युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारियो, मध्यस्थकर्ताको भूमिकामा पाकिस्तान

images
images
सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौँ । अमेरिका र इरानबिचको युद्ध रोक्नका लागि एक नयाँ शान्ति प्रस्ताव अघि सारिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार दुवै देशलाई युद्ध अन्त्यका लागि एक नयाँ 'फ्रेमवर्क' बुझाइएको छ । जसमा पाकिस्तानले मुख्य मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ।यो प्रस्तावमा दुई चरणको योजना समेटिएको बताइएको छ। जसअनुसार पहिलो चरणमा तत्काल ४५ दिनका लागि युद्धविराम गर्ने र त्यसपछि मात्र दीर्घकालीन शान्ति स्थापनाका लागि थप विस्तृत सम्झौता गर्ने रणनीति लिइएको छ।यस वार्ता प्रक्रियामा पाकिस्तानबाहेक इजिप्ट र टर्कीले पनि मध्यस्थता गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ। विशेषगरी पाकिस्तानका सेना प्रमुख असिम मुनिरले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग यसबारे लगातार संवाद गरिरहेको समाचारमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज जलसन्धि खुला गर्न मंगलबार राति ८ बजेसम्मको अन्तिम समयसीमा दिएको पृष्ठभूमिमा यो नयाँ प्रस्ताव आएको हो।

    images
    images

    ट्रम्पले तोकिएको समयभित्र जलसन्धि नखुलाए इरानका नागरिक पूर्वाधारहरूमा आक्रमण गर्ने चेतावनी समेत दिएका छन्। यता, इरानले भने ट्रम्पको धम्की र अल्टिमेटमका आधारमा वार्ता हुन नसक्ने स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सरकारी सञ्चारमाध्यम आईआरएनए मार्फत बोल्दै यसअघि अमेरिकाले पठाएको १५ बुँदे प्रस्ताव आफूहरूलाई मान्य नभएको बताएका हुन्।उनले इरानले आफ्नै स्वार्थ र 'रेड लाइन'हरूलाई ध्यानमा राखेर जवाफी प्रस्ताव तयार पारेको र उचित समयमा त्यसको विवरण सार्वजनिक गर्ने जानकारी दिएका छन्। इरानले कुनै पनि अस्थायी युद्धविरामको सर्तमा रणनीतिक महत्वको हर्मुज जलसन्धि खोल्ने कुरालाई अस्वीकार गरेको छ।नयाँ प्रस्तावमा हर्मुज जलसन्धि, आणविक संवर्द्धन र क्षेत्रीय सुरक्षा जस्ता जटिल विषयहरूलाई कसरी सम्बोधन गरिएको छ भन्नेबारे अझै स्पष्ट भइसकेको छैन। दुवै पक्षले यस प्रस्तावमाथि औपचारिक धारणा सार्वजनिक गर्न बाँकी रहे पनि विश्व समुदायले यसलाई युद्ध रोक्ने एक महत्त्वपूर्ण अवसरका रूपमा हेरेको समाचारमा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend