images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • अस्थायी युद्धविरामका लागि स्ट्रेट अप हर्मुज...

अस्थायी युद्धविरामका लागि स्ट्रेट अप हर्मुज खुलाउन इरानले मानेन

अस्थायी युद्धविरामका लागि स्ट्रेट अप हर्मुज खुलाउन इरानले मानेन

images
images
सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • तेहरान । इरानले अस्थायी युद्धविरामको बदलामा स्ट्रेट अप हर्मुज पुनः खोल्न अस्वीकार गरेको छ । एक वरिष्ठ इरानी अधिकारीले अन्तराष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै इरानले अमेरिकालाई स्थायी युद्धविरामका लागि आवश्यक प्रतिबद्धता नभएको ठानेको बताएका छन् । उक्त अधिकारीका अनुसार, इरानले पाकिस्तानले प्रस्ताव गरेको तत्काल युद्धविरामको सुझाव प्राप्त गरेको छ र त्यसको समीक्षा पनि गरिरहेको छ । तर, तेहरानले कुनै पनि प्रकारको दबाबमा आएर समयसीमा अनुसार निर्णय लिन नसक्ने स्पष्ट पारेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पाकिस्तानले इरान र अमेरिकाबीच जारी युद्धलाई अन्त्य गर्न प्रस्ताव गरेको भनिएको ढाँचाबारे पुष्टि वा अस्वीकार नगर्न अस्वीकार गरेका छन् ।

    images
    images

    पाकिस्तानले ४५ दिने युद्धविराम प्रस्ताव वा १५ बुँदे शान्ति सम्झौताबारेमा आएका समाचारहरूलाई स्पष्ट रूपमा पुष्टि वा खण्डन नगरेको उनले अल जजिरासँग भने । यसअघि केही समाचारमा पाकिस्तानले दुवै पक्षलाई तत्काल युद्धविरामलगायतका शर्तहरू समावेश भएको प्रस्ताव बुझाएको बताएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend