images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • तेल उत्पादन बढाउन सहमत भए ओपेक...

तेल उत्पादन बढाउन सहमत भए ओपेक प्लस देशहरू

तेल उत्पादन बढाउन सहमत भए ओपेक प्लस देशहरू

images
images
सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • रियाद । प्रमुख पेटोलियम निर्यातकर्ता देशहरूको संगठन ओपेक र समूह बाहिरका अन्य ठुला तेल उत्पादकहरू (ओपेक प्लस) ले कच्चा तेलको उत्पादन बढाउने सहमति गरेका छन् ।मे महिनाका लागि दैनिक २ लाख ६ हजार ब्यारेलले तेल उत्पादन कोटा बढाउने सहमति भएको छ । तर, यो वृद्धि धेरै हदसम्म प्रतिकात्मक मात्र भएको बताइएको छ । अमेरिका र इजरायलले इरानमा सुरु गरेको युद्धका कारण ओपेकका प्रमुख सदस्य राष्ट्रहरू उत्पादन बढाउन असमर्थ छन् ।पमा अवरुद्ध बनाएको छ । यसको प्रत्यक्ष असर साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत र इराकजस्ता ओपेकका सदस्य राष्ट्रहरूको तेल निर्यातमा परेको छ ।

    images
    images

    आइतबार जारी विज्ञप्तिअनुसार ओपेक प्लसका आठ सदस्य देशहरू साउदी अरेबिया, रुस, इराक, युएई, कुवेत, काजकस्तान, अल्जेरिया र ओमानले भर्चुअल बैठकमार्फत उत्पादन बढाउने निर्णय गरेका हुन् । ‘बजारको अवस्थालाई नजिकबाट निगरानी गर्दै स्थिरता कायम राख्न निरन्तर प्रयास जारी राखिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।इरान युद्धका क्रममा दुवै पक्षले ऊर्जा पूर्वाधारलाई निशाना बनाइरहेका छन् । क्षतिग्रस्त पूर्वाधार संरचनालाई पूर्ण क्षमतामा फर्काउन निकै खर्चिलो र समय लाग्ने प्रक्रिया हुने भएकाले समग्र आपूर्तिमा असर पर्ने जनाइएको छ । यद्यपि, उत्पादन वृद्धिको यो निर्णय स्ट्रेट अफ हर्मुज बन्द हुँदा अवरुद्ध भएको आपूर्तिको दुई प्रतिशतभन्दा कम मात्र हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो मार्ग पुनः सञ्चालन भएपछि ओपेक प्लसले उत्पादन बढाउन तयार रहेको सङ्केत भने दिएको छ ।

    युद्ध र स्ट्रेट अफ हर्मुज बन्द हुँदा विश्व बजारमा कच्चा तेलको भाउ चार वर्षकै उच्च तहमा पुगेर तल आएको छ । स्ट्रेट अफ हर्मुजबाट ढुवानी ठप्पको अवस्था मध्य मे सम्म कायम रहेमा तेलको मूल्य १५० डलरभन्दा माथि पुग्न सक्ने अमेरिकी लगानी बैंक जेपी मोर्गनले दिएको छ । यो भनेको अहिलेसम्मकै उच्च तह हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend