तेहरान । पछिल्लो २४ घण्टामा स्ट्रेट अफ हर्मुज हुँदै १५ वटा जहाज आवतजावत गरेको इरानको फार्स न्युज एजेन्सीले जनाएको छ । सञ्चारमाध्यमहरूका अनुसार ती जहाजहरूले इरानको अनुमति लिएर सो मार्ग प्रयोग गरेका थिए । तर, युद्ध सुरु हुनु अघिको अवस्थासँग तुलना गर्दा अहिले जहाज आवतजावत करिब ९० प्रतिशत कम छ ।विदेशमन्त्री अब्बास अराघची लगायत इरानका केही अधिकारीहरूले यो महत्त्वपूर्ण जलमार्ग पूर्ण रूपमा बन्द नभएको स्पष्ट पार्दै आएका छन् । अराघचीका अनुसार यो मार्ग शत्रु देशका लागि मात्र बन्द गरिएको हो। यसको उदाहरणस्वरूप, इरानले इराकलाई कुनै पनि प्रतिबन्धबाट छुट दिएको घोषणा गरेको थियो ।
यो जानकारी खतम अल–अन्बिया सेन्ट्रल हेडक्वार्टर्सका प्रवक्तामार्फत सार्वजनिक गरिएको हो । यसैबिच, इरानी अधिकारी र सांसदहरूले उक्त जलमार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क (टोल) उठाउने सम्भावनाबारे पनि छलफल गरेका छन् ।यसअघि इरानी राष्ट्रपतिको कार्यालयका एक सहयोगीले युद्धबाट भएको क्षतिको क्षतिपूर्ति गर्न ट्रान्जिट शुल्कको केही अंश प्रयोग गरिने सर्तमा स्ट्रेट अफ हर्मुज ‘पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइने’ बताएका थिए ।




.gif)



