images

२०८३ आश्विन १८ गते

images
images
images

दक्षिणी लेबनानमा ९० हेज्बोल्लाह लडाकु मारिए

दक्षिणी लेबनानमा ९० हेज्बोल्लाह लडाकु मारिए

images
images
आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौँ । इजरायली सेनाले दक्षिणी लेबनानमा पुनः सुरु भएको द्वन्द्वयता हेजबुल्लाका ९० जना लडाकु मारिएको दाबी इजरायली सेनाले गरेको छ । इजरायली सैन्य पक्षका अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई जना हेज्बोल्लाह लडाकु मारिएका छन् । हवाई हमलामार्फत समूहका पूर्वाधारहरू ध्वस्त पारिएको छ ।

    images
    images

    गत मार्चको सुरुवातमा हेज्बोल्लाहले इरानको समर्थनमा रकेट आक्रमण सुरु गरेको थियो । यो आक्रमण इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या पछि भएको थियो । त्यसपछि इजरायलले राजधानी बेरुतसहित लेबनानभरि लगातार आक्रमण गर्दै आएको छ । इजरायलले आफ्नो सैन्य कारबाहीलाई अझै गहिरो बनाउँदै लेबनानी भूभागमा प्रवेश बढाएको छ, जसका कारण करिब १२ लाख मानिस विस्थापित भएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend