images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • दुई दिनको बाढीले दुई करोडको तरकारी...

दुई दिनको बाढीले दुई करोडको तरकारी बाली क्षति

दुई दिनको बाढीले दुई करोडको तरकारी बाली क्षति

images
images
सोमवार, आश्विन २८ २०८१
सोमवार, आश्विन २८ २०८१
  • सुनसरी – यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा रु दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ ।

    images
    images

    सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराह क्षेत्र लगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए । बाढीले बन्दा, भण्टा, लौका, फर्सी लगायत तरकारी बालीमा क्षति पुगेको हो ।

    “बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ”, प्रमुख सिंहले भने।

    images
    images

    स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनु परेको बताए । बाढीले ५० हेक्टरमा लगाएको रु एक लाख ८० हजार बरावरको उखुबालीमा क्षति भएको उनले बताए ।

    जिल्लामा आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती तथा पाँच हजार आठ सय ७७ हेक्टरमा उखु खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend