images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • इराकी जहाजलाई स्ट्रेट अफ हर्मुज प्रयोग...

इराकी जहाजलाई स्ट्रेट अफ हर्मुज प्रयोग गर्न अनुमति

इराकी जहाजलाई स्ट्रेट अफ हर्मुज प्रयोग गर्न अनुमति

images
images
आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • तेहरान । इरानले इराकी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज हुँदै आवागमन गर्न अनुमति दिएको छ । यो कदमले विश्व ऊर्जा आपूर्तिमा महत्वपूर्ण मानिने यस जलमार्गमा इरानले लगाएको कडा नियन्त्रण केही खुकुलो बनाएको संकेत दिएको छ । इरानको खातम अल अन्बिया सेन्टद हेडक्वार्टर्सले शनिबार जारी गरेको वक्तव्यमा इराकलाई सबै प्रतिबन्धबाट छुट दिइएको जनाएको छ । उक्त प्रतिबन्ध शत्रु देशहरूमाथि मात्र लागू हुने पनि यसमा भनिएको छ ।

    images
    images

    “हामी इराकको राष्ट्रिय सार्वभौमिकताको गहिरो सम्मान गर्छौं । तपाईंहरू अमेरिकी कब्जाको पीडा भोगेको राष्ट्र हुनुहुन्छ, र अमेरिकाविरुद्धको तपाईंहरूको संघर्ष प्रशंसनीय छ,” वक्तव्यमा भनिएको छ । यसबीच, अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा उक्त जलमार्गमाथिको नियन्त्रण छोड्न आग्रह गर्दै ४८ घण्टाभित्र भीषण परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । तर इरानको उक्त सैन्य कमाण्डले ट्रम्पको चेतावनीलाई “निराश, असन्तुलित र मूर्खतापूर्ण कदम” भन्दै अस्वीकार गरेको छ ।

    फेब्रुअरी २८ देखि अमेरिका इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि इरानले स्ट्रेट अफ हर्मुजमा प्रभावकारी रूपमा नाकाबन्दी गर्दै आएको छ ,  सामान्यतया विश्वको झन्डै २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने गर्दछ । हालैका हप्ताहरूमा इरानले लागू गरेको अनौपचारिक शुल्क प्रणाली अन्तर्गत जहाजहरूको आवागमन केही बढेको देखिए पनि यो अझै सामान्य स्तरभन्दा ९० प्रतिशतभन्दा बढीले कम रहेको तथ्यांकले देखाएको छ ।जहाज ट्र«यााकिङ तथ्यांकअनुसार गत साता ५३ वटा जहाजले स्ट्रेट अफ हर्मुज पार गरेका छन्, जुन युद्ध सुरु भएयताकै धेरै हो । अघिल्लो साता भने ३६ वटा जहाज मात्रै यहाँबाट बाहिरिएका थिए । शुक्रबार पहिलोपटक फ्रान्सको कन्टेनर जहाज र जापानको ट्यांकरले पनि स्टे«ट पार गरेका थिए । यस जलमार्गमा ढुवानी लगभग ठप्प हुँदा विश्व ऊर्जा बजारमा ठूलो असर परेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend