images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • फेरि बढ्यो अण्डाको मूल्य, यस्तो छ...

फेरि बढ्यो अण्डाको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

फेरि बढ्यो अण्डाको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

images
images
आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मूल्य फेरि बढाएको छ । संघको कार्यसमितिको पछिल्लो निर्णयअनुसार आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो ।यसअघि चैत १६ गतेदेखि लागू भएको मूल्यको तुलनामा अहिले सबै प्रकारका अण्डामा प्रति क्रेट १५ रुपैयाँले वृद्धि भएको छ ।  अण्डाको मूल्यसँगै ढुवानी र प्याकेजिङ खर्चमा पनि वृद्धि भएको छ । चितवनबाट लोड भई देशभरका विभिन्न डिपोहरूमा पुर्याउँदा लाग्ने भाडा, कार्टुन र क्रेट बापतको थप शुल्क यसअघि १४० रुपैयाँ रहेकोमा अब ५ रुपैयाँले बढेर १४५ रुपैयाँ कायम गरिएको छ।

    images
    images

    संघका सचिव मदन पोखरेलका अनुसार, अण्डा उत्पादक किसानहरूको गहन छलफल र कार्यसमितिको निर्णय बमोजिम यो नयाँ दररेट कार्यान्वयनमा ल्याइएको हो । किसानहरूको लागत मूल्य र बजारको अवस्थालाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको संघले जनाएको छ ।image

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend