images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • अब बीपी राजमार्गमा संचालनमा, रातिको समयमा...

अब बीपी राजमार्गमा संचालनमा, रातिको समयमा यात्रा नगर्न अनुरोध

अब बीपी राजमार्गमा संचालनमा, रातिको समयमा यात्रा नगर्न अनुरोध

images
images
सोमवार, आश्विन २८ २०८१
सोमवार, आश्विन २८ २०८१
  • काठमाडौंः सोमबार बेलुका देखि बीपी राजमार्गमा ठुला गाडीहरू समेत चल्ने भएका छन् । वर्षा सँगैको पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिन अघि देखि साना सवारीसाधन चल्न दिइएकोमा आज देखि ठुला सवारीसाधन चलाउन लागिएको सडक डिभिजन भक्तपुरले जनाएको छ । 

    images
    images

    ठुला सवारीसाधन पास हुन अवरोध हुँदै आएको चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझ सम्म सुधार भइसक्ने र त्यसपछि सो सडकमा सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने डिभिजनले जनाएको छ ।  


    सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको भन्दै डिभिजनले रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ ।  असोज १०, ११ र १२ गतेको वर्षाका कारण यो राजमार्ग अवरुद्ध थियो । उक्त राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेसी देखि वर्षेखोला खण्डको ८ किलोमिटर पूर्ण रूपमा बगाएको कार्यालयले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend