images

२०८३ आश्विन १८ गते

images
images
images

टर्कीए र युक्रेनी नेताबिच इस्तानबुलमा वार्ता

टर्कीए र युक्रेनी नेताबिच इस्तानबुलमा वार्ता

images
images
शनिवार, चैत्र २१ २०८२
शनिवार, चैत्र २१ २०८२
  • इस्तानबुल, २१ चैत (रासस–एएफपी) युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग सुरक्षा वार्ताका लागि शनिबार इस्तानबुल पुग्नुभएको छ। 

    images
    images

    राष्ट्रपति एर्दोगानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेको एक दिनपछि यो भ्रमण भएको हो । नेता पु्टिन र एर्दोगानले धेरै युरोपेली देशहरूलाई पनि इन्धन आपूर्ति गर्ने रूस र टर्कीएबिचको ग्यास पाइपलाइनबारे छलफल गरेको बुझिएको छ । 

    जेलेन्स्कीले एक्समा भन्नुभएको छ, “निर्धारित महत्त्वपूर्ण बैठकहरूमा सहभागिताका लागि इस्तानबुल आइपुगेँ । टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग ठोस वार्ताको तयारी गरिएको छ।” 

    images
    images

    उहाँले भन्नुभयो, “हामी युरोप र मध्यपूर्वमा जनताको जीवनको वास्तविक सुरक्षा सुनिश्चित गर्न, स्थिरता बढाउन र सुरक्षाको ग्यारेन्टी गर्न हाम्रो साझेदारीलाई बलियो बनाउन काम गरिरहेका छौँ।”

    टर्कीएका राष्ट्रपतिले पनि भ्रमणको पुष्टि गर्दै भन्नुभयो, “विशेष गरी इस्तानबुल प्रक्रियाको रूपरेखा भित्र बैठक ‘युद्धविराम र युद्धको स्थायी समाधानको प्रयासमा केन्द्रित हुनेछ।” 

    एएफपीका एक संवाददाताले बोस्फोरसको किनारमा रहेको भव्य डोल्माबाच प्यालेस वरपर ठूलो सङ्ख्यामा प्रहरीको उपस्थिति देखिएको पुष्टि गरेका छन् । टर्कीएले विगतमा किएभ र मस्कोबीच धेरै चरणको वार्ता पनि आयोजना गरेको थियो ।

    जेलेन्स्कीले अधिकांश इसाई अर्थोडक्स चर्चका नेता प्याट्रिआर्क बार्थोलोम्यूलाई पनि भेट्ने कार्यक्रम तय भएको छ। 

    यो भेट युक्रेन र रूस दुवै देशमा मनाइने अर्थोडक्स इस्टरभन्दा एक हप्ता अघि हुनेछ । युक्रेन र रूसले यही अप्रिल १२ मा इस्टर मनाउनेछन् । 

    किएभले अर्थोडक्स इस्टर बिदाहरूमा ऊर्जा पूर्वाधारमा आक्रमणहरू रोक्ने युद्धविरामको लागि जोड दिइरहेको छ ।

    छोटो युद्धविरामको सट्टा स्थायी समाधान चाहेकोरुसले किएभबाट कुनै पनि ‘औपचारिक’ प्रस्ताव नपाएको बताएको छ।

    युक्रेनले आफ्नो आक्रमणलाई मस्कोको क्षमतालाई आर्थिक सहयोग गर्ने संरचनालाई कमजोर पार्ने प्रयासमा चार वर्षभन्दा बढीको युद्धको अवधिमा रूसी ऊर्जा पूर्वाधारमा प्रहार गरेको छ ।

    युक्रेनी ऊर्जा केन्द्रहरूमा रूसी आक्रमणले सन् २०२२ मा युद्ध सुरु भएदेखि लाखौँ मानिसहरू बिजुली र न्यानोको अभावमा दिन विताउन बाध्य भएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend