images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • अष्ट्रेलियाबाट उठेको प्रश्न ‘रुटिन अफ नेपाल...

अष्ट्रेलियाबाट उठेको प्रश्न ‘रुटिन अफ नेपाल बन्द’ ले सत्य उजागर गर्नुपर्छ

अष्ट्रेलियाबाट उठेको प्रश्न ‘रुटिन अफ नेपाल बन्द’ ले सत्य उजागर गर्नुपर्छ

images
images
शनिवार, चैत्र २१ २०८२
शनिवार, चैत्र २१ २०८२
  • काठमाडौँ । अष्ट्रेलियामा रहेका नेपाली समुदायबाट सङ्कलित चन्दाको सम्भावित दुरुपयोगको विषयले अहिले सामाजिक सञ्जालमा तीव्र बहस सिर्जना गरेको छ। जेन–जेन्ड विरोध प्रदर्शनका क्रममा पीडितहरूको सहयोगका लागि उठाइएको रकम पारदर्शी रूपमा प्रयोग नभएको आशंका व्यक्त गरिएको हो।

    images
    images

    लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द मार्फत यो विषय सार्वजनिक भएको हो। पेजका प्रशासक भिक्टर पौडेलले चन्दा सङ्कलनसँग सम्बन्धित गतिविधिहरूमा अनियमितता हुन सक्ने संकेत गर्दै सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको बताएका छन्।

    अष्ट्रेलियाबाट अर्थसमाचारका लागि संवाददाता शिव न्यौपानेका अनुसार त्यहाँ रहेका नेपालीहरूले पीडितहरूको सहयोगका लागि उदारतापूर्वक आर्थिक सहयोग पठाएका थिए। तर उक्त रकम कसरी र कहाँ प्रयोग भयो भन्नेबारे स्पष्ट विवरण सार्वजनिक नभएको भन्दै प्रश्न उठ्न थालेका छन्।

    images
    images

    यस विषयमा थप छानबिन आवश्यक रहेको जनाउँदै सम्बन्धित निकायमा उजुरी दर्ता गराउने तयारी भइरहेको स्रोतले जनाएको छ। आवश्यक परेमा यो प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्म लैजान सकिने चर्चा पनि छ।

    सामाजिक उत्तरदायित्वको विषयसँग जोडिएको यस घटनामा पारदर्शिता र जवाफदेहिता अपरिहार्य रहेको सरोकारवालाहरूको भनाइ छ। सहयोगदाताहरूले आफ्नो दान सही ठाउँमा प्रयोग भएको सुनिश्चितता खोजिरहेका छन्।

    विशेषगरी युवाहरूको संलग्नता रहेको आन्दोलनसँग जोडिएको यस प्रकरणमा कुनै पनि प्रकारको दुरुपयोग भएको पाइए दोषीलाई कारबाही गर्नुपर्ने माग बढ्दो छ।

    Victor Poudel.jpg
    undefined

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend