images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • आज काठमाडौँका यी स्थानमा चार घण्टा...

आज काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने

आज काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने

images
images
शनिवार, चैत्र २१ २०८२
शनिवार, चैत्र २१ २०८२
  • काठमाडौँ, २१ चैत । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना मार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।

    images
    images

    प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बिजुली कटौती गर्न लागिएको हो ।

    सूचनामा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुनेछ ।  बिजुली कटौती हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend