images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • " नेपाल डेरी एसोसिएसनको सदस्य सुर्योदय...

" नेपाल डेरी एसोसिएसनको सदस्य सुर्योदय मिल्क्स विराटनगरलाई उत्कृष्ट निर्यात कर्ता सम्मान प्राप्त "

" नेपाल डेरी एसोसिएसनको सदस्य सुर्योदय मिल्क्स विराटनगरलाई उत्कृष्ट निर्यात कर्ता सम्मान प्राप्त "

images
images
शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौँ, २० चैत । निर्यात व्यवसायी महासंघ नेपाल (FEEN) द्वारा आयोजित कार्यक्रममा सूर्यदय मिल्क एण्ड बेभरेज इन्डस्ट्री प्रा. लि. लाई उत्कृष्ट निर्यातकर्ताको रूपमा सम्मान गरिएको छ। कार्यक्रममा FEEN का अध्यक्ष गोविन्द प्रसाद घिमिरे, पुरस्कार तथा सम्मान समितिका संयोजक किरण कुमार डंगोल तथा प्रमुख अतिथि माननीय सांसद गणेश पराजुलीको उपस्थिति रहेको थियो। उक्त अवसरमा प्रमुख अतिथि माननीय पराजुलीले पुरस्कार वितरण गर्नुभएको थियो।

    images
    images

    कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले नेपालबाट दुग्धजन्य उत्पादनको निर्यात विस्तार हुँदै गएको जानकारी दिनुभयो। उहाँले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न निजी क्षेत्रको सक्रियता महत्वपूर्ण रहेको बताउनुभयो।

    सम्मान प्राप्त गर्ने डेरी उद्योगका सञ्चालक तथा नेपाल डेरी  एसोसिएसनका उपाध्यक्ष मनोज यादवका अनुसार उक्त डेरीले विगत दुई वर्षदेखि जापानमा घ्यु निर्यात गर्दै आएको छ भने बङलादेशमा धुलो दुध पनि निर्यात विस्तार गर्ने तयारी भइरहेको छ। उहाँले गुणस्तरीय उत्पादन, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रशोधन तथा बजार विस्तारको रणनीतिले नेपाली डेरी उद्योगलाई नयाँ अवसरहरू सिर्जना गरिरहेको कुरा बताउनु भयो।

    images
    images

    यसै सन्दर्भमा एसोसिएसनका महासचिव हेमचन्द्र खनालले नेपाल डेरी एसोसिएसनले दुग्धजन्य वस्तुको निर्यात प्रवर्द्धनका लागि श्रीलंका, बङलादेश, भुटान, जापान, थाइल्यान्ड लगायत तेस्रो मुलुकहरूमा बजार विस्तार गर्ने प्रयास तीव्र बनाएको जानकारी दिनुभयो। उहाँले सरकार र निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ गर्दै निर्यातमुखी उद्योगको विकासमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend