images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • पाकिस्तानले ४३ प्रतिशतले बढायो पेट्रोलियम पदार्थको...

पाकिस्तानले ४३ प्रतिशतले बढायो पेट्रोलियम पदार्थको मूल्य

पाकिस्तानले ४३ प्रतिशतले बढायो पेट्रोलियम पदार्थको मूल्य

images
images
शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौँ । पाकिस्तान सरकारले पेट्रोलियम र उच्च गतिका डिजेलको मूल्यमा ठुलो वृद्धिको घोषणा गरेको छ । पेट्रोलको मूल्य ४३ प्रतिशत र हाई स्पिड डिजेलको भाउ ५५ प्रतिशतले बढाइएको छ ।सरकारले यो कदम इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढिरहेका तेल मूल्यसँग सम्बन्धित भएको जनाएको छ । “सरकारसँग सीमित स्रोतहरू छन् र तत्कालै युद्ध अन्त्य हुने कुनै सङ्केत देखिँदैन,” देशका पेट्रोलियम मन्त्रीले भनेका छन्। पाकिस्तान मुख्य रूपमा आयातित तेलमा निर्भर छ र ठुलो मात्रामा तेल स्टे«ेट अफ हर्मुज हुँदै ल्याउँछ । इरानले यो मार्ग ठप्प पारेको छ । हालै पाकिस्तानले केही पाकिस्तानी झन्डा बोकेका जहाजहरूलाई इरानसँग सहकार्य गर्दै सुरक्षित मार्गबाट इन्धन ल्याउने व्यवस्था मिलाउन सफल भएको बताएको थियो ।

    images
    images

    इरान युद्ध सुरु भएयता यो दोस्रो मूल्यवृद्धि हो । पेट्रोल अहिले युद्धअघि भन्दा ७७ प्रतिशत र डिजेल ८७ प्रतिशत महँगो भएको छ । सरकारले केही उपभोक्ताका लागि अनुदान योजना पनि घोषणा गरेको छ । अर्थमन्त्री मोहम्मद औरंगजेबले वित्तीय सीमितताका कारण राहत दिन सक्ने सरकारको क्षमता सीमित रहेको बताए । राहत निश्चित हदसम्म मात्रै दिन सकिने अनि अनि उपायहरू हप्तैपिच्छे समीक्षा गरी आवश्यक समायोजन गरिने उनको भनाइ छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend