काठमाडौं । माइडियाले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘नयाँ वर्ष, नयाँ अनुभूति’ नामक विशेष अभियान सार्वजनिक गरेको छ । घरायसी जीवनलाई अझ स्मार्ट, सहज र आधुनिक बनाउने उद्देश्यसहित ल्याइएको यो अभियानमार्फत उपभोक्तालाई आकर्षक अफर र मूल्यवान् खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।अभियानअन्तर्गत माइडियाका विभिन्न उत्पादन खरिद गर्दा ग्राहकले ३७ हजार ७०० रुपैयाँसम्म नगद फिर्ता (क्यासब्याक) प्राप्त गर्न सक्नेछन् । साथै, निश्चित उपहारको व्यवस्था गरिएको छ । यसले ग्राहकलाई तत्काल लाभ दिने विश्वास कम्पनीको छ ।
साइड–बाइ–साइड तथा मल्टी डोर फ्रिज खरिदमा माइडिया इन्डक्सन उपलब्ध गराइनेछ । फ्रन्ट लोड वासिङ मेसिन खरिद गर्दा ६ केजी एरियल डिटर्जेन्ट, टप लोड वासिङ मेसिनमा दुई केजी एरियल र सेमि अटोमेटिक वासिङ मेसिनमा एक केजी एरियल प्रदान गरिनेछ ।डिशवासर खरिदमा दुईथान डिशवासर ट्याब्लेट र माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।अभियानलाई थप आकर्षक बनाउन बम्पर लक्की ‘ड्र’ पनि समावेश गरिएको छ । यसअन्तर्गत एक ग्राहकले माइडियाको मल्टि डोर फ्रिज जित्ने अवसर पाउनेछन् । ग्राहकले क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि उक्त लक्की ड्रमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।




.gif)



