काठमाडौं । नेपाल डेरी एसोसिएसन ले दुग्ध प्रवर्द्धन अभियान अन्तर्गत काठमाडौं इङिलस स्कुल मा विद्यार्थी तथा शिक्षकहरूलाई दूधपान गराएको छ।
बुधबार आयोजित कार्यक्रममा विद्यालयका करिब ५ सय विद्यार्थी र ५० भन्दा बढी शिक्षक तथा कर्मचारीलाई दूध वितरण गरिएको एसोसिएसनका बागमती प्रदेश सचिव श्यामकुमार घिमिरेले जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्ड का अनुसन्धान अधिकृत अजय पोखरेलले दूध तथा दुग्ध पदार्थको पोषणात्मक महत्वबारे जानकारी गराएका थिए।
विद्यालयका प्रिन्सिपल दिनेश खतिवडाले यस्तो कार्यक्रमले विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थको महत्व बुझाउन सहयोग पुगेको बताए। विद्यालयले क्यान्टिनसहित दैनिक गतिविधिमा दुग्ध पदार्थलाई प्राथमिकता दिँदै आएको पनि उनले उल्लेख गरे।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष ईश्वर पुडासैनी, बागमती प्रदेशका कुलप्रसाद धमला लगायतको उपस्थिति रहेको थियो।
यसअघि पनि नेपाल डेरी एसोसिएसन ले दुग्ध प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल एसोसिएसनले ‘मोही अभियान’ समेत सञ्चालन गरिरहेको छ। केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालका अनुसार देशभर दुग्ध प्रवर्द्धनमा एसोसिएसनको भूमिका अग्रणी रहँदै आएको छ।




.gif)





