images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • सेयर बजारले केही साता अघि गिरावटको...

सेयर बजारले केही साता अघि गिरावटको सामना गरिरहेको थियो, जसले धेरै लगानीकर्ताहरु चिन्तित...

सेयर बजारले केही साता अघि गिरावटको सामना गरिरहेको थियो, जसले धेरै लगानीकर्ताहरु चिन्तित...

images
images
आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • नयाँ सरकार बने सँगै ३ हजार बिन्दुमाथी पुगेको बजार निरन्तर घटेर २४ सय बिन्दुमा पुगेपछी लगानीकर्तामा बजार अझै घट्ने हो कि भन्ने डर थियो । तर दशैं अघि नै बजारले २६ सय बिन्दु पार गर्यो । गत बुधबार बजार २६६८ बिन्दुमा पुगेर बन्द भएपछी लगानीकर्ताहरूलाई बजारले आगमी दिनहरूमा अझै सुधारको गति लिनेछ भन्नेमा आशावादी बनाएको छ । 

    images
    images

    दशैंपछी  बजार बढ्ने नबढ्ने भन्ने बिषयमा भने विभिन्न तर्कहरू रहेको पाइन्छ । अब दशैं पछिको बजारले  बुलिस ट्रेन्डको बाटो समात्छ भन्ने एकतर्फी तर्क छ  भने अर्कोतिर भने बजार कता जान्छ भन्नेमै अन्योल नै देखिन्छ ।

    अहिलेको अवस्थामा, सरकार र नेपाल राष्ट्र बैंकले लिएको केही  कदमहरूले बजार सुधारको मार्ग प्रशस्त गरेको देखिन्छ । बैंकको ब्याजदर लगातार ओरालो लागिरहेको छ, जसले सेयर बजारमा थप सहज वातावरण बनाएको छ । यसले गर्दा पनि आगामी दिनमा बजारले अझै उकालो लाग्न सक्ने लगानीकर्ताहरूले विश्वास गरेका छन् ।

    images
    images

    तर, अब बजार कस्तो गतिमा जान्छ भनेर यकिन गरेर भन्न भने सकिदैन यसका लागी अब बजार खुल्ने दिने असोज २९ गतेको बजारलाई पर्खिनैपर्ने हुन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend