images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • अमेरिका–इजरायल आक्रमणबाट तेहरानमा ३३ हजार घरमा...

अमेरिका–इजरायल आक्रमणबाट तेहरानमा ३३ हजार घरमा क्षति

अमेरिका–इजरायल आक्रमणबाट तेहरानमा ३३ हजार घरमा क्षति

images
images
बिहिवार, चैत्र १९ २०८२
बिहिवार, चैत्र १९ २०८२
  • तेहरान । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा राजधानी तेहरानमा हालसम्म करिब ३३ हजार घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । तेहरान महानगरपालिकाका प्रवक्ता अब्दुलमोहर मोहम्मदखानीका अनुसार आवासीय भवनहरूमा भएको क्षति सामान्यदेखि गम्भीर स्तरसम्मको छ । ‘कतिपय घरहरूमा सिसा, ढोका र झ्याल जस्ता सामान्य मर्मत आवश्यक छ भने केही घरहरूमा पूर्ण पुनर्निर्माण वा व्यापक सुधार गर्नुपर्ने अवस्था छ,’ उनले बताए ।

    images
    images

    उनका अनुसार हालसम्म १ हजार ८६९ घरपरिवार आवाससम्बन्धी समस्यामा परेका छन् । तीमध्ये १ हजार २४५ परिवारलाई २३ वटा आवासीय कम्प्लेक्समा स्थानान्तरण गरिएको छ । महानगरपालिकाको पहलमा हालसम्म ४ हजारभन्दा बढी घरहरूको मर्मत कार्य सुरु भइसकेको बताइएको छ । यीमध्ये केही मर्मत कार्य प्रत्यक्ष रूपमा गरिएको छ भने केहीमा आर्थिक सहयोग प्रदान गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend