images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • स्ट्रेट अफ हर्मुज खुलाउन ३५ देशका...

स्ट्रेट अफ हर्मुज खुलाउन ३५ देशका विदेशमन्त्रीहरूको छलफल

स्ट्रेट अफ हर्मुज खुलाउन ३५ देशका विदेशमन्त्रीहरूको छलफल

images
images
बिहिवार, चैत्र १९ २०८२
बिहिवार, चैत्र १९ २०८२
  • लन्डन । अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वको प्रमुख जलमार्ग अवरुद्ध बनेपछि यसको असर विश्वको ऊर्जा बजारभर परेको छ । यसैबीच हालै ३५ देशका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै उक्त मार्गमार्फत सुरक्षित आवागमन सुनिश्चित गर्न उपयुक्त प्रयासमा योगदान दिन तयार रहेको जनाएका थिए। यही सन्दर्भमा कूटनीतिक तथा राजनीतिक समाधानका सम्भावनाहरू खोज्न बिहीबार दिउँसो भर्चुअल बैठक बस्दैछ ।इरानले शत्रु देशहरूका लागि स्ट्रेट ठप्पप्राय बनाएको छ । यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत अमेरिकालाई स्ट्रेट अफ हर्मुज आवश्यक नभएको भन्दै जसलाई तेल चाहिएको हो, उसैले यो मार्ग खुलाउनुपर्ने बताएका थिए। सोही सन्दर्भमा यो बैठक बस्न लागेको हो ।

    images
    images

    स्ट्रेटमा इरान बलियो देखिँदै आएको छ । यस्तो अवस्थामा यसलाई खुलाउन सोचेजस्तो सजिलो नभएको बुधबार बेलायती प्रधानमन्त्री किर स्टार्मरले बताएका थिए । गएको राति भने ट्रम्पले युद्ध अन्त्य भएपछि स्ट्रेट अफ हर्मुज स्वतः खुल्ने बताएका थिए । तर अन्य देशहरू यसबारे ढुक्क छैनन् ।इरानले समुद्रमा बिछ्याएका माइनहरू हटाउन आवश्यक छ । यस्तो अवस्थामा धेरै देशका सेनाहरूले पनि युद्ध रोकिएपछि स्ट्रेटलाई कसरी सुरक्षित बनाउने भन्नेबारे छलफल गर्ने भएका छन् । हालको प्राथमिकता भनेको स्ट्रेटमार्फत ढुवानी सुरक्षित बनाउनु, विश्व बजारमा तेलको भाउ घटाउनु र खाद्यान्न उत्पादनका लागि आवश्यक मलखादको आपूर्ति बढाउनु रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend