काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो सम्बोधनपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ ।ट्रम्पले आउने केही साताभित्र अमेरिका इरानमाथि थप आक्रमण तीव्र बनाउन सक्ने चेतावनी दिएका थिए । उनले इरानका विद्युत् केन्द्र र तेल कारोबारलाई लक्षित गर्ने धम्कीसमेत दोहोर्याएपछि बजारमा तनाव बढेको हो ।
यसअघि ट्रम्पको भाषणबाट मध्यपूर्वमा देखिएको तनाव कम हुने अपेक्षा गरिएको थियो । तर उनले त्यसको विपरीत तेलमा निर्भर देशहरूलाई होर्मुज क्षेत्रको संकट आफैं सम्हाल्न आग्रह गर्दै हालका लागि अमेरिकी तेल खरिद गर्न सुझाव दिएका थिए ।यस प्रभावले अमेरिकी कच्चा तेलको मानक वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य भाषणअघि करिब ९८ डलर प्रति ब्यारेल रहेकामा झण्डै १०४ डलर पुगेको छ ।त्यसैगरी अन्तर्राष्ट्रिय मानक ब्रेन्ट कच्चा तेलको मूल्य पनि करिब १०० डलरबाट बढेर झण्डै १०६ डलर प्रति ब्यारेल पुगेको छ ।




.gif)



