अर्थसमाचार संवाददाता,शिव न्यौपाने
अष्ट्रेलियाको भिक्टोरिया राज्यले सार्वजनिक यातायात सेवा निःशुल्क बनाउने घोषणा गरेको छ। विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै जीवनयापनको लागतमा परेको दबाब कम गर्न यो अस्थायी कदम चालिएको हो।
अमेरिका, इजरायल र इरानबीचको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उकालो लागेको सन्दर्भमा भिक्टोरिया सरकारले मंगलबार (मार्च ३१) देखि लागू हुने गरी सार्वजनिक यातायात सेवा निःशुल्क गर्ने निर्णय गरेको जनाएको छ।
सरकारका अनुसार यो कदमले पेट्रोलमा निर्भरता घटाउने र महँगो यात्राभाडाको मार खेपिरहेका यात्रुहरूलाई केही राहत दिने लक्ष्य राखिएको छ।
मध्यपूर्वको अवस्था कसरी अघि बढ्छ भन्ने आधारमा यस योजनाको अवधि समीक्षा गरिने बताइएको छ। हालका लागि यो व्यवस्था अस्थायी समाधानका रूपमा लागू गरिएको हो।




.gif)





