images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • उपराष्ट्रपति यादवसँग साउदी अरेबियाका राजदूत मनिकरको...

उपराष्ट्रपति यादवसँग साउदी अरेबियाका राजदूत मनिकरको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग साउदी अरेबियाका राजदूत मनिकरको शिष्टाचार भेट

images
images
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • काठमाडौँ, १८ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले शिष्टाचार भेट गरेका छन । 

    images
    images

    लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटवार्तामा उपराष्ट्रपति यादवले नेपालको राजदूतमा नियुक्ति हुनुभएकोमा राजदूतलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । 

    उनले भन्नुभयो, “सन् १९७७ मार्चमा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रही आएको छ ।”
     
    उपराष्ट्रपति यादवले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदान–प्रदानको आवश्यकता औँल्याउँदै हालै सम्पन्न साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदको नेपाल भ्रमण र नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरूको साउदी भ्रमणलाई स्मरण गरे ।

    images
    images

    नेपाली आप्रवासी कामदारका लागि साउदी अरेबिया प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले कामदारहरूको हकहितको संरक्षणका लागि साउदी सरकारको सहयोगप्रति विश्वास व्यक्त गर्दै २५ जनवरी २०२६ मा हस्ताक्षर भएको द्विपक्षीय श्रम सम्झौता श्रम सहयोगलाई मजबुत बनाउन महत्त्वपूर्ण भएको बताए ।

    पर्यटनका सन्दर्भमा उपराष्ट्रपति यादवले नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति र नेपालीहरूको मिलनसार व्यवहारका कारण साउदी पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्ने बताए। साथै, नेपाली मुस्लिम समुदाय हज तथा उमराहका लागि हरेक वर्ष साउदी अरेबिया जाने गरेको उल्लेख गर्दै यस सम्बन्धमा साउदी सरकारको सहयोगप्रति धन्यवाद दिए । 

    राजदूत फाहद मोहम्मद ए मनिकरले नेपालको विकासका लागि साउदी अरेबिया विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए । उनले आर्थिक क्षेत्रमा विशेष सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्धलाई थप बलियो बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend