images

२०८३ आश्विन १६ गते

images
images
images

घट्यो ७० प्रतिशतले भन्सार राजश्व दसैँ बिदामा

घट्यो ७० प्रतिशतले भन्सार राजश्व दसैँ बिदामा

images
images
आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • काठमाडौँ । दसैँको समयमा भन्सार राजश्वमा झन्डै ७० प्रतिशतले कमी आएको छ । फेस्टिभ मुडका कारण आयात कम हुँदा दसैँ बिदापछिका तीन दिनमा राजश्वमा सो बराबरको कमी आएको हो ।

    images
    images

    देशका सबै भन्सार कार्यालयहरूबाट फूलपातीदेखि टीकाको दिनसम्मको चार दिनमा भएका आयातमार्फत कुल ४३ करोड ५९ लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो । यो दैनिक औसत १४ करोड ५३ लाख रुपैयाँ हो ।

    साउन र भदौ महिनाको दुई महिनामा भन्सार कार्यालयहरूले दैनिक औसत ४७ करोड ८३ लाख ५१ हजार रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको भन्सार विभागको तथ्याङ्क छ । यो आधारमा हेर्दा दसैँको अवधिभर भएको राजश्व सङ्कलन सामान्य अवस्थाभन्दा ६९.६२ प्रतिशतले कम हो ।

    images
    images

    अहिले देशभर स्थल र हवाई मार्ग समेत गरी ४१ वटा भन्सार कार्यालय छन् । त्यसमध्ये २७ वटा भन्सार कार्यालय अन्तर्गत १०३ वटा छोटी भन्सार कार्यालयहरू समेत छन् । यसमध्ये मुख्य भन्सार कार्यालयहरू दसैँको अवधिमा सञ्चालनमा छन् ।

    भन्सार विभागका सूचना अधिकारी मुक्ति प्रसाद श्रेष्ठका अनुसार भन्सार कार्यालयहरूले कार्य चापका आधारमा समय मिलाएर कार्यालय खोल्ने व्यवस्था गरिएको उनले जनाकारी दिए । छोटी भन्सारको सन्दर्भमा पनि चापको आधारमा सम्बन्धित मुख्य भन्सार कार्यालयबाटै निर्णय हुने गरेको उनको भनाइ छ ।

    आन्तरिक राजश्व समेत गर्दा दसैँ बिदाभन्दा अघि दैनिक औसत २ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ राजश्व सङ्कलन भएको देखिन्छ । दसैँको अवधिमा भएको राजश्व सङ्कलन यसअघिको औसत राजश्व सङ्कलनको ९४.७० प्रतिशत कम हो ।

    यो अवधिमा आन्तरिक राजश्व कार्यालय भने यो अवधिमा पूर्ण रूपमा बन्द छन् । सोही अनुसार नेपाल राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थाहरूलाई राजश्व काउन्टर अनिवार्य रूपमा खुला गर्नुपर्ने यसअघिको व्यवस्थालाई दसैँको यो अवधिका लागि निलम्बन समेत गरिदिएको यो अवधिमा आन्तरिकतर्फको राजश्व सङ्कलन ठप्प भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend