images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • इरान युद्धमा अमेरिकाको दैनिक २ अर्ब...

इरान युद्धमा अमेरिकाको दैनिक २ अर्ब डलर खर्च

इरान युद्धमा अमेरिकाको दैनिक २ अर्ब डलर खर्च

images
images
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • वासिङ्टन डीसी । इरानसँगको युद्धका कारण अमेरिकालाई दैनिक झन्डै २ अर्ब डलरसम्म आर्थिक भार परेको हुनसक्ने विज्ञहरूले बताएका छन् । विश्वव्यापी द्वन्द्वको आर्थिक प्रभाव अध्ययन गर्ने विशेषज्ञहरूले युद्धले अमेरिकी अर्थतन्त्रमा ठुलो दबाब सिर्जना गरिरहेको बताएका हुन् ।ब्राउन विश्वविद्यालयस्थित युद्धको खर्च परियोजनाकी निर्देशक स्टेफनी साभेलका अनुसार हतियार खर्च, सैन्य परिचालन, अमेरिकी सम्पत्तिमा भएको क्षति तथा अन्य विभिन्न शीर्षकमा हालसम्म अमेरिकाले अर्बाैं डलर खर्च गरिसकेको छ । उनका अनुसार युद्ध जारी रहने हरेक दिनले सार्वजनिक ऋणमा ठुलो बोझ थपिरहेको छ । 

    images
    images

    यसअघि पेन्टागनले अमेरिकी कंग्रेसलाई दिएको जानकारी अनुसार युद्धको पहिलो ६ दिनमै ११ अर्ब ३० करोड डलर खर्च भएको थियो । तर साभेलका अनुसार वास्तविक खर्च अझ बढी हुन सक्नेछ ।त्यस्तै, हार्वार्ड विश्वविद्यालयकी रक्षा बजेट विशेषज्ञ लिन्डा बिल्मेसले पनि युद्धको दैनिक खर्च झन्डै २ अर्ब डलर पुगिसकेको बताएकी छिन् । विशेषज्ञहरूका अनुसार यस्तो उच्च खर्चको असर अन्ततः आम अमेरिकी नागरिकमै पर्नेछ । युद्धका कारण इन्धनको भाउमा उतार–चढाव आइरहेको छ भने यसको असरले महँगी बढेको छ । युद्धका कारण व्यापारिक अनिश्चितता तथा बीमा खर्चमा दीर्घकालीन असर पर्ने देखिएको छ । यसैबिच ह्वाइटले इरान युद्धका लागि थप २०० अर्ब डलर बजेट माग गरेको छ । साभेलका अनुसार यो अत्यन्त ठुलो रकम भएको र यसले युद्ध लामो समयसम्म जारी रहने सङ्केत गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend