images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • ट्रम्पले भनेको समयमै खुल्ला त ‘स्ट्रेट...

ट्रम्पले भनेको समयमै खुल्ला त ‘स्ट्रेट अफ हर्मुज’

ट्रम्पले भनेको समयमै खुल्ला त ‘स्ट्रेट अफ हर्मुज’

images
images
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य अभियान दुई–तीन हप्ताभित्र अन्त्य हुन सक्ने दाबी गरेका छन् । विश्लेषकहरूले भने रणनीतिक स्ट्रेट अफ हर्मुज पुनः पूर्ण रूपमा सञ्चालनमा आउन भने लामो समय लाग्ने बताएका छन् । ट्रम्पले युद्ध अन्त्यको समय नै तोकेपछि बुधबार विश्व शेयर बजारमा सुधार देखिएको छ । कच्चा तेलको मूल्य घट्न सक्ने अनुमान पनि गरिएको छ । तर, विज्ञहरूका अनुसार पेट्रोलियम पदार्थको खुद्रा मूल्य स्थिर हुन र समुद्री ढुवानी सामान्य अवस्थामा फर्किन समय लाग्नेछ ।

    images
    images

    द्वन्द्वका कारण समुद्री ढुवानी क्षेत्र अझै उच्च जोखिममा छ । जहाज बीमा शुल्क अत्यधिक बढेको छ भने युद्धको जोखिमका कारण समुद्री कामदारहरू पुनः काममा फर्कन हिच्किचाइरहेका छन् । ‘व्यापारको मेरुदण्ड हुन्  समुद्री कामदारहरू । यस्ता घटनापछि उनीहरूलाई पुनः काममा फर्काउन चुनौती रहिरहन्छ, जसले आपूर्ति शृंखलामा असर पार्छ,’ हङकङस्थित काराभेल ग्रुपका प्रमुख अङ्गद बङ्गाले भनेका छन् ।विश्वव्यापी रूपमा करिब ९० प्रतिशत उत्पादित सामग्री समुद्री ढुवानीमार्फत ओसारपसार हुने भएकाले यो क्षेत्रको अस्थिरताले विश्व व्यापारमै असर पार्ने देखिएको छ । इरानले स्ट्रेट अफ हर्मुजमा आंशिक अवरोध (सेलेक्टिभ ब्लकेड) लगाएपछि मध्यपूर्व क्षेत्रमा सञ्चालनमा रहेका हजारौँ जहाज प्रभावित भएका छन् । अहिले उक्त जलक्षेत्रमा बारुदी सुरुङ र विस्फोटक ड्रोनको जोखिम बढेको छ, जसले व्यावसायिक जहाज सञ्चालनलाई अझै जटिल बनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend