images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • आक्रमणमा ध्वस्त इरानी कारखाना रासायनिक हतियारका...

आक्रमणमा ध्वस्त इरानी कारखाना रासायनिक हतियारका लागि प्रयोग भएको दाबी

आक्रमणमा ध्वस्त इरानी कारखाना रासायनिक हतियारका लागि प्रयोग भएको दाबी

images
images
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • तेल अभिभ । इजरायलले आक्रमणमा ध्वस्त भएको कारखाना औषधि बनाउन नभएर रासायनिक हतियारका लागि प्रयोग भइरहेको दाबी गरेको छ । इरानले भने यो आरोप अस्वीकार गर्दै नागरिक संरचनामाथिको आक्रमण भनेको छ ।मंगलबार इजरायलले आफ्नो क्यान्सर विरुद्धको औषधि बनाउने कारखानामा मात्रै इरानले आक्रमण गरेको आरोप लगाएको थियो । इजरायली सेनाका अनुसार, तोफिघ दारु अनुसन्धान र इन्जिनियरिङ कम्पनीले बाह्य रूपमा औषधि उत्पादकको रूपमा काम गरे पनि भित्री रूपमा रासायनिक युद्ध सामग्री विकाससम्बन्धी अनुसन्धान गरिरहेको थियो ।

    images
    images

    उक्त कम्पनीले इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित संस्था रक्षात्मक नवप्रवर्तन र अनुसन्धान संगठन (एसपीएनडी) लाई फेन्टानिलजस्ता पदार्थ आपूर्ति गरिरहेको आरोप पनि लगाएको छ ।उक्त कारखानालाई नागरिक कम्पनीको आवरणमा सैन्य गतिविधिस्थल बनाएका कारण त्यसलाई निशाना बनाइएको इजरायलले भनेको छ । तर इरानका विदेशमन्त्री अब्बास अराघचीले भने इजरायलको दाबी अस्वीकार गर्दै उक्त आक्रमणलाई खुलेआम अनि लज्जास्पद ढंगले औषधि कम्पनी माथिको बमबारी बताएका छन् ।उनले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै कडा आलोचना गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend