images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • द्वन्द्व अन्त्य गर्न आवश्यक इच्छाशक्ति छः...

द्वन्द्व अन्त्य गर्न आवश्यक इच्छाशक्ति छः इरानी राष्ट्रपति

द्वन्द्व अन्त्य गर्न आवश्यक इच्छाशक्ति छः इरानी राष्ट्रपति

images
images
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • तेहरान । इरानका राष्ट्रपति मसुद पेजेश्कियनले अमेरिका र इजरायलसँगको जारी द्वन्द्व अन्त्य गर्न आफ्नो देशसँग आवश्यक इच्छाशक्ति रहेको बताएका छन् ।  उनले केही सर्तहरू पूरा भएमा मात्र युद्ध अन्त्य सम्भव हुने स्पष्ट पारेका छन् । मंगलबार यूरोपेली परिषद्का अध्यक्षसँग भएको टेलिफोन संवादका क्रममा उनले यस्तो अभिव्यक्ति दिएको भन्दै इरानी सरकारी सञ्चारमाध्यमले समाचार छापेका छन् । उनको भनाइ सार्वजनिक भएसँगै अमेरिकी बजारमा सकारात्मक प्रभाव देखिएको बताइएको छ ।पश्चिमी देशहरूमा मध्यमार्गी नेताको रूपमा हेरिने पेजेश्कियनको यस्तो टिप्पणीले केही आशा जगाएको भए पनि इरानको शासन प्रणालीमा राष्ट्रपतिको भूमिका सीमित मानिन्छ । वास्तविक शक्ति भने कडा धारका धार्मिक नेतृत्वसँग रहने भएकाले उनको भनाइले तत्काल नीतिगत परिवर्तन ल्याउने सम्भावना कम देखिन्छ ।

    images
    images

    यद्यपि द्वन्द्व अन्त्यको इच्छासँगै उनले महत्वपूर्ण सर्त पनि अघि सारेका छन् । इरानले भविष्यमा पुनः संघर्ष नदोहरिने सुनिश्चितता माग गरेको छ । यस्तो माग गत साता अमेरिकाले प्रस्ताव गरेको १५ बुँदे शान्ति योजनाको जवाफमा पनि समावेश भएको बताइएको थियो । यसैबीच, शक्तिशाली इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले भने अझै कडा धार कायम राखेको संकेत दिएको छ । उसले प्रतिशोधको दायरा विस्तार गर्दै अमेरिकी प्रविधि कम्पनीहरूलाई समेत लक्षित गर्न सकिने चेतावनी दिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend