images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • स्ट्रेट अफ हर्मुज जसरी पनि खोलिन्छः...

स्ट्रेट अफ हर्मुज जसरी पनि खोलिन्छः मार्को रुबियो

स्ट्रेट अफ हर्मुज जसरी पनि खोलिन्छः मार्को रुबियो

images
images
मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • वासिङटन डीसी । अमेरिकी–इजरायली युद्धको अन्त्यपछि स्ट्रेट अफ हर्मुज जुनसुकै तरिकाले पनि खुलाइने अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अल जजिरासँगको अन्तर्वार्तामा दाबी गरेका छन् । सोमबार गरिएको विशेष अन्तर्वार्तामा रुबियोले यस विषयमा अमेरिकी–इरानी सीधा वार्ता वा मध्यस्थता मार्फत सन्देश आदानप्रदान भइरहेको जानकारी दिएका छन् । ‘खास गरेर मुख्यतया मध्यस्थकर्तामार्फत इरानभित्रका र अमेरिकासम्बद्ध केही व्यक्तिहरूबीच केही प्रत्यक्ष संवादहरू भइरहेको छ,’ उनले भने ।स्ट्रेट अफ हर्मुजको प्रभावकारी रुपमै ठप्पप्रायः भएपछि विश्वको तेल बजारमा व्यापक असर देखिएको छ । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेयता अमेरिकाले स्थल सैनिक पठाउने सम्भावनामा पनि चर्चा बढ्दै गएको छ । ट्रम्प प्रशासनको प्राथमिकता कूटनीति रहेको अनि कूटनीति र परिणाम सधैं चाहिने कुरा पनि उनले दोहोर्‍याए । ‘हामीले यो पहिले नै गर्न सक्थ्यौँ,’ उनले भने ।

    images
    images

    इरानको आणविक कार्यक्रम नियन्त्रण गर्न ट्रम्प प्रशासनले अप्रत्यक्ष वार्ता गरेको थियो । गत वर्ष जुनमा इजरायल–इरान १२–दिने युद्धका कारण वार्ता विफल भएको थियो, जसपछि अमेरिकी आक्रमणले इरानको आणविक केन्द्रहरूलाई निशाना बनाएर आक्रमण गरेको थियो । अहिलेको युद्ध सुरु हुँदा दोस्रो चरणको कूटनीतिक प्रयास चलिरहेको थियो । अमेरिकाले इरानमा शासन परिवर्तन चाहेको थियो ।अमेरिका–इजरायलको पहिलो दिनकै आक्रमणमा इरानी सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या भएको थियो । खामेनीको निधनपछि उनका माइला छोरा मोज्तबा खामेनी सर्वोच्च नेता बनेका छन् ।

     खामेनी आफ्ना पिता जत्तिकै कट्टर भएकोले खामेनी मारिएपनि अमेरिकाको यो लक्ष्य हासिल भएन । मोज्तबा आएपछि इरानभित्र कसरी निर्णयहरू भइरहेका छन् भन्नेमा अमेरिका स्पष्ट हुन सकेको छैन । इरानी शासकमै समस्या रहेको भन्दै रुबियोले भविष्यबारे फरक धारणा राख्ने अनि फरक धारणा भएका इरानी शासक भएको परिदृश्य मात्रै अमेरिकाले स्वीकार गर्ने भनेका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend