images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • सप्तरीमा १४ हजार मेट्रिक टन बढी...

सप्तरीमा १४ हजार मेट्रिक टन बढी चैते धान उत्पादन हुने अनुमान

सप्तरीमा १४ हजार मेट्रिक टन बढी चैते धान उत्पादन हुने अनुमान

images
images
मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • कल्याणपुर (सप्तरी), चैत १७ गते । सप्तरीमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष खेती गरिएको क्षेत्रफल बढेकाले उत्पादनमा पनि बढोत्तरी हुने देखिएको हो ।कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार गत आर्थिक वर्षमा दुई हजार ८०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा १३ हजार ३५६ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष भने खेतीको क्षेत्रफल विस्तार भई तीन हजार १०० हेक्टर पुगेकाले १४ हजार ७८७ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जिल्लाका किसानहरू अझै पनि खेतमा चैते धान रोप्न व्यस्त रहेकाले यो तथ्याङ्क अझै बढ्न सक्ने बताउनुभयो । सप्तरीको हावापानी चैते धानका लागि उपयुक्त हुनुका साथै स्थानीय तहहरूले कृषि विद्युतीकरणमा जोड दिएकाले पनि किसानहरू यसतर्फ आकर्षित भएका हुन् ।

    images
    images

    “अहिले पालिकाहरूले किसानका लागि खेतमै बिजुली पुर्‍याएका छन् । बोरिङ र स्यालो ट्युबेलबाट सिँचाइ सहज भएकाले चैते धान खेतीप्रति किसानको उत्साह बढेको छ,” प्रमुख राउतले भन्नुभयो । उहाँका अनुसार सिँचाइको उचित व्यवस्था, समयमै बीउबिजन र मलखाद उपलब्ध भएमा चैते धानको उत्पादन अझै उल्लेख्य रूपमा वृद्धि गर्न सकिन्छ ।सप्तरीका १८ वटा पालिकामध्ये छिन्नमस्ता, राजगढ, विष्णुपुर, तिलाठी कोइलाडी, महदेवा र रुपनी गाउँपालिकामा चैते धानको बढी खेती हुने गरेको छ । त्यस्तै हनुमाननगर कंकालिनी, बोदे बरसाइन, खडक र शम्भुनाथ नगरपालिकामा पनि चैते धानको उत्पादन राम्रो हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend