images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • चीनमा स्वेच्छिक अङ्गदाता सङ्ख्या ७३ लाख...

चीनमा स्वेच्छिक अङ्गदाता सङ्ख्या ७३ लाख नाघ्यो

चीनमा स्वेच्छिक अङ्गदाता सङ्ख्या ७३ लाख नाघ्यो

images
images
सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • चीन । चीनमा स्वेच्छिक रूपमा अङ्गदान गर्ने व्यक्तिको सङ्ख्या ७३ लाखभन्दा बढी पुगेको चीनको अङ्गदान प्रशासन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार हालसम्म करिब ६५ हजारभन्दा बढी व्यक्तिहरूबाट मृत्यु पश्चात् अंगदान भएको छ । यसबाट दुई लाखभन्दा बढी बिरामीहरूको जीवन बचाइएको छ भने एक लाखभन्दा बढी मानिसको दृष्टि पुनःस्थापित गरिएको छ ।

    images
    images

    यसैगरी, चीनमा ६९ हजारभन्दा बढी पूर्ण शरीर दानसमेत सम्पन्न भइसकेको जनाइएको छ । अङ्गदाताहरूको सम्मानमा चीनभर ३८० भन्दा बढी स्मारक स्थलहरू स्थापना गरिएका छन् । हरेक वर्ष चिङमिङ पर्वको अवसरमा ती स्थानहरूमा अङ्गदाताहरूको सम्झनामा विशेष कार्यक्रमहरू आयोजना गरिन्छ ।चीनले सन् २०१० मा मृत्यु पश्चात् अङ्गदानसम्बन्धी परीक्षण कार्यक्रम सुरु गरेको थियो भने सन् २०१३ देखि यसलाई देशव्यापी रूपमा विस्तार गरिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend