images

२०८३ आश्विन १८ गते

images
images
images

कृषि विषयको अनुसन्धानार्थ पाँच लाख सहयोग

कृषि विषयको अनुसन्धानार्थ पाँच लाख सहयोग

images
images
सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • कर्णाली। कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्याउनका लागि रु पाँच लाख उपलब्ध गराएको छ।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय, सुर्खेतले चालु आर्थिक वर्ष २०८२÷८३ मा मध्यपश्चिम विश्वविद्यालयको कृषि क्याम्पस सुर्खेतसँगको सहकार्यमा प्राविधिक परिचालनसहित प्रवि प्रसार कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए।

    images
    images

    “कृषि विषयको अनुसन्धान र विद्यार्थीको क्षमता अभिवृद्धि गराउने ध्येयले उक्त बजेट उपलब्ध गराएको हो,” उनले भने, “यसबाट कृषि क्षेत्रको जनशक्ति निर्माणमा सहयोगको अपेक्षा गरेका छौँ।” नेपाल जस्तो कृषिको सम्भाव्य मुलुकमा पछिल्लो समयमा कृषि अध्ययन गर्ने जनशक्तिको अभाव र आवश्यकतालाई मनन् गरी प्रदेश सरकारले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएको उनले बताए।निर्देशक रोकायका अनुसार निर्देशनालयले कृषि क्याम्पससँग सम्झौता गरेर चालु आर्थिक वर्षमा पाँच विद्यार्थीलाई अध्ययनको व्यवस्था गरेको छ। अध्ययनमा सहभागी सुर्खेतका दुई तथा डोल्पा, मुगु र तनहुँका एक/एक विद्यार्थी रहेका निर्देशनालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend