images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • इरानी आक्रमणमा परेर कुवेत एक भारतीयको...

इरानी आक्रमणमा परेर कुवेत एक भारतीयको मृत्यु

इरानी आक्रमणमा परेर कुवेत एक भारतीयको मृत्यु

images
images
सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • कुवेत सिटी । पश्चिम एसियामा बढ्दो तनावबिच कुवेतमा भएको एक आक्रमणमा भारतीय कामदारको मृत्यु भएको छ । कुवेतको बिद्युत् तथा जल मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा उक्त जानकारी दिएको हो । विज्ञप्तिअनुसार, इरानी आक्रमणमा कुवेतमा रहेको एक विद्युत् तथा समुद्री पानी प्रशोधन (डिसालिनेशन) प्लान्टमा क्षति पुगेको थियो । सो आक्रमणका कारण एक भारतीय नागरिकको ज्यान गएको पुष्टि गरिएको छ ।

    images
    images

    आक्रमणले उक्त संरचनामा उल्लेखनीय क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ । यद्यपि, अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा राख्न प्राविधिक टोलीहरू तत्काल खटाइएको पनि बताइएको छ । ऊर्जा तथा जल आपूर्ति जस्ता महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण हुन थालेपछि क्षेत्रीय सुरक्षा अवस्था झन् संवेदनशील बनेको छ । यस्तो अवस्थामा कुवेतलगायत खाडी मुलुकहरूले आफ्नो सुरक्षा सतर्कता थप कडा बनाएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend