images

२०८३ आश्विन १६ गते

images
images
images

दुई दिनको बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

दुई दिनको बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

images
images
बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • काठमाडौँ । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोड बराबरको क्षति भएको छ ।

    images
    images


    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण रु ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो, क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको रु ११ करोड ८८ लाख ८० हजार, नमस्ते

    नेपाल यातायात व्यवसायी प्रालिको रु २ करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको रु ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

    images
    images


    यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको रु २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको रु २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको रु ६ करोड ६५ लाख र रसुवागढी नाकामा रु ४ करोड बराबरको क्षति भएको छ ।


    महासङ्घका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend