images

२०८३ आश्विन १९ गते

images
images
images

‘बहुमुखी युद्ध’का लागि तयार छौँ –इजरायल

‘बहुमुखी युद्ध’का लागि तयार छौँ –इजरायल

images
images
आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • तेल अभिभ । आफू बहुमुखी युद्धका लागि तयार रहेको इजरायली सैन्य बलले भनेको छ ।यमनी सशस्त्र समूहको क्षेप्यास्त्र आक्रमणपछि सेनाले यो जवाफ दिएको हो । शनिबार हुथीहरूले इजरायलको दक्षिणतर्फ दुई वटा क्षेप्यास्त्र फ्याँकेका थिए, यसमध्ये एउटा ब्यालिस्टिक मिसाइल थियो । फेब्रुरुअरी २८ बाट सुरु भएको अमेरिका–इजरायल र इरान युद्धमा इजरायलमाथि पहिलो क्षेप्यास्त्र प्रहार गर्ने यो पहिलो प्रयास हो । दुवै क्षेप्यास्त्र सफलतापूर्वक रोकिएको बताइएको छ ।

    images
    images

    ‘हामी बहुमुखी युद्धका लागि तयार छौँ । पछिल्ला साढे दुई वर्षदेखि हामी विभिन्न मोर्चाबाट आउने खतरासँग बहुमुखी युद्ध गर्दै आएका छौँ ।’ इजरायली रक्षा बल (आईडीएफ)का अन्तर्राष्ट्रिय प्रवक्ता नादभ शोशानीले आइतबार भने । उनले थपे, ‘हामीले यो युद्धको हिस्सा बन्नका लागि तयार हुनै पर्छ,’ उनले भने । आफूहरूले हुथीहरूको चेतावनीलाई गम्भीरतापूर्वक लिइरहेका अनि आवश्यक परे जतिसम्म पनि यस मोर्चाबाट आफूलाई रक्षा गर्न तयारी गरिरहेका शोशानीले भने ।इरानसँग हुथीहरूको निकट सम्बन्ध छ । यसका नेता अब्देल–मलिक अल–हुथीले बिहीबार भनेका थिए, 'हाम्रा यमनी जनता निष्ठालाई निष्ठाले फर्काउँछन् र इरान एकमात्र राज्य हो, जो औपचारिक रूपमा हाम्रो देशमाथि आक्रमणको विरोधमा हामीसँग उभियो ।’ 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend