images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • क्षेत्रीय तनाव घटाउने उच्चस्तरीय वार्ताअघि पाकिस्तानको...

क्षेत्रीय तनाव घटाउने उच्चस्तरीय वार्ताअघि पाकिस्तानको राजधानीमा कडा सुरक्षा

क्षेत्रीय तनाव घटाउने उच्चस्तरीय वार्ताअघि पाकिस्तानको राजधानीमा कडा सुरक्षा

images
images
आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • इस्लामाबाद । इस्लामावादमा क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले हुन लागेको उच्चस्तरीय कूटनीतिक वार्ताअघि सुरक्षा व्यवस्था कडा बनाइएको छ । आइतबार हुने वार्ताका लागि विदेश मन्त्रालय वरिपरि सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थिति देखिएको छ । यस वार्तामा इजिप्ट र टर्कीका विदेशमन्त्रीहरू इस्लामाबाद पुगेका छन् । वार्तामा सहभागी हुन साउदी अरबका विदेशमन्त्री पनि केही घण्टाभित्र आइपुग्ने अपेक्षा गरिएको छ । चार देशबिच हुने छलफलमा इरानविरुद्ध अमेरिका र इजरायलसँग जारी युद्धको तनाव कम गर्ने विषय मुख्य एजेन्डा रहेको छ ।युद्ध दोस्रो महिनामा प्रवेश गर्दा यसले क्षेत्रीय ऊर्जा सुरक्षा र सीमामा प्रत्यक्ष असर पार्न थालेपछि ती देशहरू मध्यस्थताको प्रयासमा सक्रिय भएका हुन् । नेटो सदस्य टर्कीले युद्ध सुरु भएयता इरानबाट प्रहार गरिएका धेरै मिसाइल आफ्नो आकाशमा खसालिएको जनाएको छ भने साउदी अरेबियाले दैनिकजसो मिसाइल र ड्रोन आक्रमण सामना गरिरहेको बताइएको छ ।

    images
    images

    पाकिस्तानले अमेरिका र इरान दुवैसँग सन्तुलित सम्बन्ध राख्दै कूटनीतिक मध्यस्थकर्ताको भूमिका खेलेको छ । उसले वासिङ्टनद्वारा प्रस्तावित १५ बुँदे शान्ति योजना तेहरानसम्म पुर्‍याएको जनाइएको छ ।पाकिस्तानी अवकाशप्राप्त रक्षा विश्लेषक लेफ्टिनेन्ट जनरल मोहम्मद सईदका अनुसार, यी वार्ताबाट तत्काल ठोस उपलब्धि आउने अपेक्षा यथार्थपरक नहुन सक्छ । यद्यपि, गल्फ देशहरूको सन्देश पाकिस्तानमार्फत इरानसम्म पुर्‍याउने र सम्भावित समझदारीको आधार तयार पार्ने दिशामा छलफल केन्द्रित हुन सक्ने उनको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend