images

२०८३ आश्विन १८ गते

images
images
images

बाजुरामा महिलाको आलु खेतीप्रति आकर्षण बढ्दो

बाजुरामा महिलाको आलु खेतीप्रति आकर्षण बढ्दो

images
images
आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • बाजुरा, चैत १५ गते । बाजुराका महिलाहरुमा आलु खेतीप्रति आकर्षण बढ्दो छ। पहिले गाउँ बस्ती सडक सञ्जालको पहुँच नहुँदा र उत्पादन भएको आलु बजारसम्म नपुग्दा महिलाहरु आलु खेतीमा कमै लाग्थे।हाल सडक सञ्जाल विस्तार भएपछि, महिलाहरुले उत्पादन गरेको आलु घरकै आगनबाट बिक्री गर्न सक्ने भएका कारण उनीहरुको आलु खेतीमा रुचि बढेको कृषि जानकारहरुले बताएका छन्।बुढीगङ्गा नगरपालिका–४ साहुवाडाकी अमृता खातीले बताउनुभयो, “पहिला गाउँमा सडक थिएन, गाडी आउँदैनथ्यो। अहिले गाडी घरको आगनमै आइरहेका छन् र उत्पान गरेको आलु सजिलै बजार पठाउन सकिन्छ। आलु खेतीबाट राम्रो आम्दानी भएकाले हामी यसमा लागेका छौं।”

    images
    images

    पहिले गाउँमा धान, गहुँ, जौजस्ता अन्नबाली बढी लगाउने गरिन्थ्यो, तर अहिले आलु खेतीले जिविकोपार्जन सहज भएकाले स्थानीयले अन्नबालीभन्दा बढी आलु खेती गर्न थालेको छ।जिल्लाका हिमाली क्षेत्र, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा आलु राम्रो उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यहाँ उत्पादन हुने आलु प्रायः स्थानीय जातको हुन्छ र गाई, भैँसी, भेडाबाख्राको मल प्रयोग गरी उब्जाइन्छ।बाजुरामा आलु खेतीका लागि जमिन उपयुक्त छ। अहिले यहाँ उत्पादन भएको आलु जिल्ला बाहिरका बजारसम्म पुग्ने गरेको छ। उत्पादन हुने आलु अधिकांशतया लोकल र अर्गानिक भएकाले देशभर माग हुने गरेको छ। स्थानीयले आलु तरकारी, समोसा, चिप्स जस्ता तयारी गरेर प्रयोग गर्छन्, जसले स्वास्थ्यमा पनि लाभ पुर्‍याउँछ।

    कृषि ज्ञान केन्द्रले स्थानीय किसानको उत्पादन बजारसम्म पुर्‍याउन ढुवानी अनुदानको व्यवस्था पनि गर्दै आएको छ। विगतका केही वर्षमा बाजुराबाट सयौँ क्विन्टल आलु जिल्ला बाहिर बिक्री भएको छ। यहाँ करिब एक हजार ९२५ हेक्टर जमिनमा झण्डै २० हजार ४७० मेट्रिकटन  आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend