images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • मलेसियाको जहाजलाई स्ट्रेट अफ हर्मुज पार...

मलेसियाको जहाजलाई स्ट्रेट अफ हर्मुज पार गर्न दिइयो अनुमति

मलेसियाको जहाजलाई स्ट्रेट अफ हर्मुज पार गर्न दिइयो अनुमति

images
images
शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • क्वालालम्पुर । इरानले मलेसियाली जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न अनुमति दिएको मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले बताएका छन् । टेलिभिजनमार्फत बिहीबार सम्बोधन गर्दै उनले इरानका राष्ट्रपति मसुद पेजेश्कियनप्रति धन्यवाद व्यक्त गर्दै मलेसियाली जहाजहरूलाई छिटो अनुमति दिइएको बताए ।उनले भने– ‘हामी मलेसियाली तेल ट्याङ्करहरू र त्यसमा संलग्न कामदारहरूलाई सुरक्षित रूपमा मुक्त गराई स्वदेश फर्काउने प्रक्रियामा छौँ ।’  यद्यपि, कति जहाजले स्ट्रेट पार गरिसकेका छन वा कस्तो सर्तमा अनुमति दिइयो भन्नेबारे उनले विस्तृत जानकारी दिएका छैनन् ।

    images
    images

    सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने यो मार्ग इरान–अमेरिका–इजरायलबिचको तनावका कारण प्रभावित बनेको छ ।मलेसियाले परम्परागत रूपमा असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ । यद्यपि, ऊर्जा आपूर्ति अवरोधका कारण देश पनि प्रभावित भएको प्रधानमन्त्री अनवरले स्वीकार गरेका छन् । तर, पेट्रोनासजस्तो सरकारी ऊर्जा कम्पनीको क्षमताका कारण मलेसिया अन्य देशको तुलनामा धेरै राम्रो अवस्थामा रहेको उनले बताए । मलेसिया विश्वकै प्रमुख एलएनजी आपूर्तिकर्तामध्ये एक भए पनि झन्डै ७० प्रतिशत कच्चा तेलको डी क्षेत्रबाट आयात गर्छ । ऊर्जा सङ्कटको सामना गर्न सरकारले इन्धन बचतका उपायहरू पनि अघि सारेको छ । यसमा सहुलियत दरको पेट्रोलको मासिक कोटा घटाउने र सरकारी कर्मचारीलाई क्रमशः र छनोटका आधारमा घरबाटै काम गर्ने व्यवस्था लागू गर्ने योजना समावेश छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend