टोकियो । पश्चिम एसियामा जारी युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटलाई सहज बनाउन जापान सरकारले कोइलाबाट चल्ने विद्युत् उत्पादन माथिका केही प्रतिबन्ध अस्थायी रूपमा हटाउने तयारी गरेको छ ।जापानको उद्योग मन्त्रालयका अधिकारी ताकाहिदे सोएदाले एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै यससम्बन्धी खबरहरू सही भएको पुष्टि गरेका छन् ।
उनका अनुसार उक्त योजना शुक्रबार बिहान ११ बजे सुरु हुने विज्ञ समूहको बैठकमा औपचारिक रूपमा प्रस्तुत गरिनेछ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण विश्वव्यापी रूपमा ऊर्जा आपूर्ति प्रभावित हुँदा जापानजस्ता आयातमा निर्भर देशहरूमा दबाब बढेको छ । यस्तो अवस्थामा तत्काल ऊर्जा आपूर्ति सुनिश्चित गर्न कोइलामा आधारित विद्युत् उत्पादनलाई पुनः प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको अधिकारीहरूले बताएका छन् ।




.gif)



